Logo

२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत

                     
Logo 2022-11-24 01:11     Desk

13

विराटनगर ।  नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ ।

यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहनुभएका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

विसं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी हुनुभएको थियो । गर्वुजा यसअघि विसं २०७० को आमनिर्वाचनमा नेकपा (एमाले)का नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?