Logo

विराटनगर – ६ मा ४० बर्ष देखि आलुचप बेचिरहेकी राजवंशी

                     
Logo 2022-11-10 11:11     Desk

13

निरज मल्ल / विराटनगरका स्वाद पारखीहरुको थलो बनेको छ , विराटनगर-६ मा रहेको आनन्दी देवी राजवंशीको आलुचप पसल। आज भन्दा ४० बर्ष अगाडी देखि विराटनगर - ६ मा रहेको बिपी चौकमा आलुचप बेच्दै आइरहेकी राजवंशीको पसलको आलुचपको स्वाद उस्तै छ , बस फेरिएको छ उनको पसलमा आउने ग्राहकको लर्को ( पहिले भन्दा धेरै ग्राहक आउने गरेको छ ) र उनको पसल अगाडीको सडक। राजवंशी भन्छिन पसल अगाडीको सडक कालोपत्रे भए देखि न पहिले जस्तो सडकमा धुलो र हिलोको दुख खेप्नु परेको छ न ग्राहक सडक बन्नु अगाडीको जस्तै झिँजो मान्छन्।

राजवंशीले आलुचप बेचेरै दुई छोरालाई इंग्लिश मिडियम मा पढाइ रहेकी छिन् ।दुई छोरा मध्य उनको ठूलो छोरा विराटनगरस्थित सत्यनाराण उच्च मा वि मा अध्ययन गर्छन भने सानो छोरा गोदावरी ईगंलिस स्कुलमा। आलुचप बेचेरै दुई छोरालाई शिक्षित बनाउन पाएकोमा राजवंशी खुसी हुँदै भन्छिन ,' मलाई मेरो व्यवसाय संग प्रेम र यस व्यवसायले मलाई खुसी दिएको छ '।

आलुचप संगै बैगनी ,कचरी र चनाको छोरा समेत बेचिरहेकी राजवंशीलाई बिहान ४ बजे उठे पसल देखि रातीको ९ बजे सम्म फुर्सद हुदैन। बिहान सखारै बल्ने उनको पसलको माटोको चुलोले राती ९ नबजे सम्म थकाई मार्न पाउदैन , राजवंशी चुलोमा दाउरा हाली रहन्छिन चुलो बलिरहन्छ। त्यही चुलोको छेउमा रहेको राजवंशी भने चुलोको धुँवा खानु परेपनि उनकोअनुहारको सन्तुष्टि धुँवाले रोकेको छैन।

'आम्दानी ठिकै छ , किस्ता तिर्न , खाना बस्न र बालबच्चा पढाउन पुगीहाल्छ , त्यो भन्दै धेरै के चाहियो र ' राजवंशी भन्छिन। राजवंशीले पसल सुरु गरे पछि छेउछाउ उस्तै थुप्रै पसल खुलीसके तर राजवंशी भने आफुले पसलमा आउने लाई सस्तोमा परिकार बेच्ने गरेकोले एक पटक आएको ग्राहक फर्केर अर्को ठाउँ नजाने गरेको भनेर खुसी व्यक्त गर्छिन।

निरन्तरको लगावले र आफ्नो व्यवसाय प्रतिको सम्मानले थोरै लगानीमा स्वदेशमा बसेर आफ्नो पौरखले गरिखाने पात्रको रुपमा उदाहरण बनेकी छिन् , आनन्दी देवी राजवंशी।


लोकप्रिय छुटाउनुभयो कि ?