Logo

बसको ठक्करबाट एक जनाको मृत्यु

                     
Logo 2022-11-04 07:11     Desk

13

पाल्पामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा स्याङ्जा चापाकोट नगरपालिका- ५ का ४१ वर्षीय मोहनप्रसाद पाण्डेको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?