Logo

पीएम कप : आर्मीको पहिलो जित

                     
Logo 2022-11-04 04:11     Desk

13

विभागीय त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै मात्र ११३ रन बनायो । सुदूरपश्चिमका लागि बसन्त खत्रीले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्तै नारायण जोशीले १९ रन बनाउँदा गजेन्द्र भण्डारीले १७ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै बिक्रम सोब र शादब खानले दुई/दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो ।

आर्मीका लागि अर्जुन साउद र रोहित पौडेलले अर्धशतकीय पारी खेले । अर्जुनले ७३ रनको अर्धशतकीय खेल्दा रोहितले ५२ रनको अर्धशतकीय पारी खेले । आर्मीका कुशल मल्लले ४३ रन बनाउँदा भिम सार्कीले ३४ रन जोडे । सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई/दुई विकेट लिए । जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेर आर्मी तेस्रो स्थानमा छ । यता सुदूरपश्चिमको दोस्रो हार हो ।


लोकप्रिय छुटाउनुभयो कि ?