Logo

मेयर कोइरालाद्वारा धरानको फोहर प्रशोधन केन्द्रको अवलोकन

                     
Logo 2022-11-04 04:11     Desk

13

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वको टोलीले आज धरान–६ पानबारीस्थित भेन्चर वेष्ट टु इनर्जी प्रालिको अध्ययन अवलोकन भ्रमण गरेको छ । धरानमा उत्पादित फोहोर भेन्चरमा लगेर प्रशोधन गरी मल र ग्याँस उत्पादन गर्ने तरिकाको अवलोकन मेयर कोइराला नेतृत्वको टोलीले गरेको हो ।

अवलोकन पछि मेयर कोइरालाले धरानकै मोडलमा विराटनगरको फोहोरलाई व्यवस्थित गर्ने गरिए कार्ययोजना अगाडि बढाइएको बताएका छन् ।

धरान १ बिघा १ कठ्ठा जग्गामा २५ करोडको लागतमा निर्मित भेन्चरमा ४० जनाले रोजगारी पाएका छन् भने भेन्चरबाट सिसाको बोतल, प्लाष्टिकको बोतल, प्लाष्टिक, कपडा, कागज, झारपातलगायतको प्रशोधन गर्ने गरिएको छ ।

अध्ययन अवलोकन भ्रमणमा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १८ का जितेन्द्रकुमार साह, १९ का श्याम घिमिरेका साथै कार्यपालिका सदस्यहरु, महानगरको शाखा तथा महाशाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?