Logo

मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा

                     
Logo 2022-11-04 04:11     Desk

13

विराटनगर । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदैछ । मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवारहरु निरन्तर जनताको घरदैलोमा पुगिरहेका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका प्रतिनिधिसभा सदस्यका उमेदवार ऋषिकेश पोखरेल २ (क) का डिबी कार्की र २ (ख) का प्रदेशसभा सदस्यका उमेदवार लिलाबल्लभ अधिकारी निरन्तर जनताको घरदैलोमा पुगिरहेका छन् ।

एमालेका उम्मेदवार चुनाव आउँदा मात्र नभई जहिल्यै जनताको सम्पर्कमा छन् । उनीहरु स्थानीय समस्या समाधानसँगै जनताको पीरमर्का र कठिनाइमा सकेसम्मको साथ दिँदै आएका छन् ।

एमाले उमेदवार जहिल्यै जनतासँग घुलमिल हुँदै आएका छन् भने कांग्रेस नेतृत्वको चारदलीय सत्ता गठबन्धनका उमेदवारहरु उमेदवारी दर्तापछि मात्र गाउँमा झुल्किन थालेको स्थानीयले बताएका छन् ।

यतिबेला एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेल, प्रदेशसभा सदस्यका उम्मेदवार कार्की र अधिकारी जनतासँग स्थानीय समस्या बुझ्दै सुझाव संकलन गर्न व्यस्त छन् ।

तर, चार दलीय सत्ता गठबन्धनका उमेदवारहरु भने जनतालाई कसरी आफूतिर मत तान्न सकिन्छ भन्ने ध्याउन्नमा मात्र केन्द्रित देखिएको स्थानीय श्याम ताँती बताउँछन् । ‘स्पष्ट एजेण्डा, भिजन, योजना र प्रतिवद्धता लिएर पो जनता माझ आउनुपर्ने हो ।’ उनले भने,‘कांग्रेस–माओवादीका उमेदवारमा त्यो देखिएन । उनीहरु कसरी जनताबाट मत पाउने भन्ने ध्याउन्नमा छन् ।’

आफ्ना जनप्रतिनिधि स्थानीय समस्याबारे जनकार नहुँदाको कठिनाइबारे महसुस भएकाले यसपटक निरन्तर जनताको बिचमा र जनताको सम्पर्कमा रहने भएकाले सो क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका एमालेका सवै उम्मेदवारलाई जिताउने मनस्थिति आफूहरु रहेको हालसम्म कुनै पार्टीमा नखुलेका मतदाताले बताएका छन् । सोही कारण अहिले मोरङ २ मा एमालेको पक्षमा जनलहर देखिएको छ ।

मोरङ क्षेत्र नम्बर २ मा रतुवामाई, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिकाको वडा नम्बर १, २, ३, ८, ९, पथरीशनिचरे नगरपालिकाको वडा नम्बर ५, ६, कानेपोखरी गाउँपालिकाको वडा १, २ र ३ उक्त क्षेत्रमा समेटिएको छ ।

उक्त क्षेत्रमा पर्ने २९ वटै वडामा प्रतिनिधिसभा सदस्य उमेदवार ऋषिकेश पोखरेलले घरदैलो अभियान तिव्र पारेका कारण मतदाता निकै उत्साहित देखिएका छन् । जनताको घरदैलोमा पुगेर मत माग्दा स्थानीय जनताले उमेदवार पोखरेल आफ्नै घर आगनको व्यक्ति भएकाले र स्थानीय समस्या बुझ्ने हुँदा मत दिएर जिताउने बताएका छन् ।

उमेदवार पोखरेल जहिल्यै पनि आफूुहरु माझ आइरहने भन्दै सो क्षेत्रका ज्येष्ठ नागरिकहरुले समेत पोखरेललाई आशीर्वाद दिइरहेका छन् । लगातार ३० वर्ष जितेर गएको कांग्रेसकै कारण सो क्षेत्र विकासमा पछि परेकाले आफूहरुको सही उमेदवार पोखरेलनै भएको स्थानीय पहिलोपटक मतदान गर्न लागेका मतदाताहरुसमेत बताउँछन् ।

यतिबेला मोरङको निर्वाचन क्षेत्र २ मा प्रतिनिनिधिसभा सदस्य एमाले उम्मेदवार पोखरेल, प्रदेशसभा सदस्यका उम्मेदवार २ (क) डिबी कार्की र २ (ख) का लिलाबल्लभ अधिकारीको पक्षमा जनलहर देखिएको स्थानीयल मतदाताको बुझाइ छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध सत्ताधारी पाँच दल एक भएर लडेपनि सो क्षेत्रअन्तर्गत रतुवामाई नगरपालिकाको प्रमुखबाहेक, अन्य सवै पालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका र अधिकांश वडा एमालेले जितेको थियो ।

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकी साझा उमेदवार नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका पोखरेलसँग प्रतिष्पर्धा गर्दैछिन् । नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट चुनाव जितेर पटक–पटक प्रधानमन्त्री बनेपनि सुजाता पहिलोपटक भोट माग्दै गाउँघरमा देखिन थालेकी हुन् ।

नेपाल सरकारको उपप्रधानमन्त्री र मन्त्री हुँदासमेत सो क्षेत्रका लागि कुनै काम नगरेको र सो क्षेत्रमा उनको कुनै योगदान नरहेको आरोप स्थानीयले लगाएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?