Logo

राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथ दर्शन

                     
Logo 2022-11-04 10:11     Desk

13

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् ।

आज बिहान राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेको राष्ट्रपति कार्यालयका जनसम्पर्क अधिकारी राजकुमार राईले जानकारी दिए ।

उनका अनुसार मुक्तिनाथको दर्शनसँगै राष्ट्रपति भण्डारीले भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम छ । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?