Logo

एनआईसी एशियाको सीईओमा पुनः रोशनकुमार न्यौपाने

                     
Logo 2022-11-03 10:11     Desk

13

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३औँ बैंठकले उनलाई सो पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले यसअघि सोही पदमा कार्यरत न्यौपानेलाई आगामी मंसिर १५ गतेदेखि लागू हुनेगरी पुनः नियक्त गर्ने निर्णय बैंक सञ्चालक समितिको बैठकले गरेको जानकारी दिएका हुन् ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकिङ क्षेत्रमा करिअर सुरु गरेका उनले प्रमुख जोखिम अधिकृतहुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरिसकेका छन् ।

सोही बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत, निमित्त प्रमुख कार्यकारी अधिकृत बनेर नेतृत्व सम्हालेपछि उनले बैंकलाई उत्साहजनक व्यावसायिक उचाइमा पुर्‍याएका थिए । निमित्त प्रमुख कार्यकारी अधिकृत भएको छोटो समयपछि नै उनी २०७५ मंसिर १६ गते ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।

३८ वर्षको उमेरमै नेपालको अग्रणी वाणिज्य बैंकको सीईओ बनेका न्यौपाने ‘कान्छो सीईओ’ भनेर पनि बैंकिङ क्षेत्रमा चर्चित बने ।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने ४२ वर्षीय न्यौपानेले आफू सीईओ बनेपछि बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानको बैंकमा पु¥याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकलाई अगाडि बढाएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?