Logo

विराटनगरमा धेरै गल्लिहरु छ, कुनै न कुनै गल्लिमा फेला पर्छस् भन्दै पत्रकारलाई धम्की

                     
Logo 2022-11-02 02:11     Desk

13

विराटनगर, १६ कात्तिक । विराटनगर–६ मा निर्माण गरिएको बिवादित सेल्फि पुलको विषयमा समाचार लेख्ने लाइभ न्यूज रफतार अनलाइनका सम्पादक सोनुकुमार दासलाई धम्की दिएको प्रती नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । समाचारको बिषयलाई लिएर धम्की दिने र चरित्रहत्या गर्ने काम गरेको भन्दै महासंघले विज्ञप्ती निकाल्दै गम्भिर आपत्ती जनाएको हो ।

विवादित सेल्फि पुलमा तिन लाखको काम सम्पन्न भएपनि वडा अध्यक्ष अक्षय सहनिले पदको दुरुपयोग गर्दै १० लाख भन्दा बढिको भुक्तनीको सिफारीस दिएको विषयमा अन्तर्वाता प्रसारण गर्दा सोहि पुल बनाउने ठेकेदार ललन मण्डल र विशाल भारदुरी भन्ने व्यक्तीले सामाजिक सञ्जालमा पत्रकार दासको चरित्रहत्या गर्नुका साथै गालीगलौजमा उत्रिएका थिए ।

विशाल भारदुरीले सामाजिक सञ्जालमा ‘याद राख्लास पत्रुकार यो विराटनगर हो । धेरै गल्लिहरु छ कुनै न कुनै गल्लिमा फेला पर्छ्स् ।’ भन्दै धम्कि दिएका थिए ।

मण्डल र भारदुरीले चरित्र हत्या गर्ने तथा धम्कीपूर्ण भाषा प्रयोग गर्ने कार्य प्रेस स्वतन्त्रता बिरोधी भएकाले आम पत्रकारको आत्मसम्मानमा चोट पुर्याएको महासंघको ठहर छ ।

महासंघले यस प्रकारको अभिव्यक्तिबाट बिचलित नभई कार्यक्षेत्रमा सकृय रहन सम्पूर्ण पत्रकारलाई आव्हान गरेको छ । सेल्फी पुलको योजना विवादित बनेको थियो । सो योजनाको आर्थिक वर्ष समाप्त हुनु केहीदिन अघि असार २१ गते समझौता भएको थियो । त्यस्को तिन दिनमै वडा अध्यक्षसहनीले कार्यसम्पन्नको सिफारिस दिएर १० लाख चौरानब्बे हजार बैयालिस रुपैँयाको बिल भुक्तानी पेश गरिएको थियो ।

महानगरमा बिल भने निर्माण सम्पन्न भइसकेको भनेर पेस गरिएको तात्कालिन प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिएका थिए । उनका अनुसार महानगरको प्राविधिक मूल्यांकनअनुसार काम भने ३० प्रतिशत मात्रै भएको थियो । त्यति खेर पुलको अवस्था भुईँमा सोलिङ गरी सिमेन्टले ढुँङा जोडाइ मात्र भएको थियो । तर विराटनगर महानगरपालिका वडा नं ६ को वडा कार्यलयले कार्यसम्पन्न भएकै तोक लगाएको देखिएको छ ।

अहिले स्वीकृत बजेटमा समेत नरहेको उक्त पुल निर्माण गर्न वडा अध्यक्षको मिलेमतोमा कुनै पनि निकायको निर्देशन बेगर नै बनाइएको छ । यसरी बनाइएको पुल गुणस्तर छ वा छैन त्यस्को कुनै लेखा जोखा नरहेको देखिएको छ ।

पत्रकार दासलाई दिएको धम्किप्रति पत्रकार सम्वद्ध संगठनहरुले समेत आपत्ति जनाएका छन् । विराटनगर महानगरपालिकालाई कार्यक्षेत्र बनाई कार्यरत पत्रकार सोनुकुमार दास माथि भएको धम्किपूर्ण अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको प्रेस चौतारी मोरङले विज्ञप्ती प्रकाशित गरेर जनाएको छ ।

विराटनगर– ६ स्थित झरना चोक नजिकै बनाइएको सेल्फि पूलको विषयमा समाचार संकलन तथा सम्प्रेषण गरेको आधारमा सामाजिक सञ्जाल मार्फत मानमर्दन र ज्यू– ज्यान माथि नै आक्रमण गर्ने सम्मको धम्किपूर्ण भाषा प्रयोग गरिएको भन्दै पत्रकार दासले विभिन्न सम्वद्ध संघसंस्थाहरुसँग सहयोग माग्नुपर्ने अवस्था आउनु लोकतन्त्रकै उपहास भएको चौतारीले जनाएको छ ।

आर्थिक वर्षको अन्त्यमा हतार हतार बजेट निकासा गर्ने उद्देश्यले निर्माण थालिएको उक्त पुलको विषयमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भइसकेको छ । यद्यपी महानगरपालिकाले काम अनुसारको मात्र भुक्तानी दिएपछि अलपत्र परेको पुललाई निर्वाचन आचारसंहितालाई नै प्रभावित गर्ने गरि भर्खरै निर्माण सम्पन्न भएको छ ।

सोहि विषयमा सम्बन्धित सरोकारवाला पक्षसँग अन्तर्वार्ता लिएको भन्दै सामाजिक सञ्जालमा बिशाल बहादुरी लगायतको नामबाट अनेक धम्कि दिने तथा सिंगो पत्रकार जगतलाई अपहेलना गरेको तथा स्थानीय घटनाले गम्भिर ध्यानाकर्षण भएको चौतारीको विज्ञप्तीमा उल्लेख छ ।

पुल निर्माणको विवादित योजना प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ल्याएका हुन् । गत आर्थिक वर्ष २०७८/०७९ को अन्तिममा कार्कीले आफ्नो संसद विकास कोषबाट बजेट विनियोजन गराएका थिए ।

१० लाख ६९ हजार एक सय ९१ रूपैयाँ लागत अनुमान गरिएको पुलको शीलान्यास वडाध्यक्ष अक्षयलाल भनिने हरिश्चन्द्र सहनीलाई सँगै राखेर मन्त्री कार्कीले नै गरेका हुन् । ५ दिनभित्रमा काम सम्पन्न गर्ने सम्झौता महानगरसँग गरी असार १९ गतेबाट ३२ फिट लम्बाई र ६ फिट चौडाईको पुल निर्माण थालिएको थियो ।

तर समयमा पुल निर्माण सम्पन्न भएन । बजेट फ्रिज भयो । ३० प्रतिशतजति मात्रै काम सकेर भुक्तानी भने पूरै लिने प्रयास गरिएको थियो । अपूर्ण रहेको योजनाको काम सकिएको भन्दै वडाध्यक्ष सहनीले सरकारी छाप र लेटरप्याडको दुरुपयोग गरेर बिलसहित भुक्तानीका लागि महानगरलाई सिफारिस गरेका थिए ।

निर्माण सम्पन्न भएको भनेर वडाले सिफारिस दिँदै गर्दा भुइँमा सोलिङ गरी सिमेन्टले ढुंगा जोडाइ गरेर पिलर उठाइएको थियो । अनियमितताको प्रयास गरिएको योजनाको अहिलेसम्म कुनै छानबिन र कारबाही प्रक्रियासमेत अघि बढाइएको छैन ।

त्यही बेलादेखि अलपत्र परेको पुल कुनै स्वीकृत योजनाबिनै अहिले धमाधम बनाउने काम भइरहेको हो । पुल निर्माणस्थल मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसका तर्फबाट कार्की क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

निर्वाचन क्षेत्रका मतदातालाई प्रभावित पार्न उनकै अग्रसरता र वडाध्यक्ष सहनीको रहोवरमा रातारात काम अघि बढाइएको स्थानीय बताउँछन्।


लोकप्रिय छुटाउनुभयो कि ?