Logo

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

                     
Logo 2022-11-02 11:11     Desk

13

सांकेतिक तस्वीर

विराटनगर, १६ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिराटनगर-६ का ३० बर्षीय राम मण्डल रहेका छन । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिधुतको हाईटेन्सन तारमा  छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका  मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?