Logo

चुनावी माहोल आफ्नो पक्षमा पर्ने दाउमा पराजुली, निर्वाचन क्षेत्रका जनतासँग मत माग्न व्यस्त

                     
Logo 2022-11-02 10:11     Desk

13

विराटनगर, १६ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पछिल्ला दिनहरुमा घरदैलो कार्यक्रममा निरन्तर खटिइरहेका छन् । उनी मोरङ क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा सदस्यको उम्मेदवार हुन् ।

नेपाली कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका उनलाई सत्ता गठबन्धनमा आवद्ध दलहरुको साथ छ । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका उनी यतिबेला सो निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् ।

कांग्रेसको बलियो पकड रहेको सो क्षेत्रमा सहजै निर्वाचन जित्नका लागि पराजुली यतिबेला कसरत गरिरहेका छन् । उनी मतदातालाई रिझाएर निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न अग्रसर बनेका छन् । पछिल्लो समय पराजुली रात दिन केही नभनी निर्वाचन क्षेत्रमा कुदीरहेका छन् ।

उनी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति, दुई पटक नेपाली कांग्रेस विराटनगरको नगर सभापति, विराटनगर महानगरको मेयर भइसकेका छन् ।

विराटनगरको मेयर हुँदा पराजुलीले उदहरणीय कार्य गरेको दावी गरेका छन् । त्यस्तै कोरोना महामारीमा पनि पराजुली संक्रमितको घर–घरमा पुगेर अक्सिजन शिलिण्डर, स्वास्थ्य सामाग्री वितरणसँगै विरामीलाई हौसला प्रदान गर्थे ।

धार्मिक स्वभावका उम्मेदवार पराजुली भद्र, शालिन र मिलनसार छन् । सोही कारण उनीप्रती मतदाता आकर्षित भएको कांग्रेसका स्थानीय कार्यकर्ताहरुको दावी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?