Logo

बद्नियत राखेर कसैको उक्सावटमा मलाई फसाइयो:सन्दीप

                     
Logo 2022-11-01 08:11     Desk

13

क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।

एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो ।

सन्दीपसँग बयान लिने काम सकिएकाले बुधबारबाट थुनछेक बहस हुने सन्दीप पक्षका अधिवक्ता मुरारी सापकोटाले बताए । आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको उनको भनाइ थियो ।

‘प्रहरीले नै ढिला ल्याउने काम गर्‍यो, त्यसकारण नै ढिला सुरु भयो । बत्ती गएका कारण पनि केही बाधा आयो । आज बयान सकियो,’ सापकोटाले भने, ‘थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ ।’

सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको सापकोटाले जानकारी दिए । सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको सापकोटाको भनाइ थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?