Logo

दुई तिहाइ ल्याए एमालेले ल्याउँछ अरुका लागि सम्भव छैन– ओली

                     
Logo 2022-11-01 04:11     Desk

13

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५० सिट ल्याउने लक्ष्यका साथ एमाले चुनावी अभियानमा होमिएको बताएका छन् । मंगलबार घोषणापत्र सार्वजनिकपछि लाइभ डिबेटमा ओलीले भने, सबैभन्दा ठूलो पार्टी एमाले हो । दुई तिहाइ ल्याए एमालेले ल्याउछ अरुले ल्याउदैन । अरु पार्टीका लागि बिल्कुल असम्भव छ । २७५ मा १३८ आए बहुमत पुग्छm अहिले हाम्रो १५० गन्तव्य हो । त्यो टार्गेटका साथ एमाले चुनावी अभियानमा छ ।’

उनले ८३ सिट प्रत्यक्षमा जित्ने दाबीसमेत गरे । उनले भने, ‘११० सिट एमालेलाई दिए के बिग्रन्छ ? हाम्रो पार्टीमा कार्यकर्ता आउनुभएको छ । एमालेले शानदार बहुमत ल्याउँछ ।’

उनले पानी जहाजको कुरा गर्दा उडाउनेहरुले घोषणापत्रमा रेलको कुरा गरेको पनि ओलीले बताए । उनले भने, ‘कति रेल चढेर आए । त्यो देखेर जिल्ल परे होलान । रेलको भाडा सस्तो छ ।’

एमालेबाट खतरा रहेको सत्ता गठबन्धनका नेताहरूुले भनिरहेका छन् नि भन्ने प्रश्नमा ओलीले भने, ‘एमालेबाट खतरा छ भन्नुबयो एमाले उहाँहरूका लागि खतरा हो । गलत कामको भन्डाफोर एमालेले गर्छ । देशका निम्ति एमाले शुभ लक्षण हो । एमालेको विजयसँग उहाँहरू त्रसित हुनुहुन्छ ।’


लोकप्रिय छुटाउनुभयो कि ?