Logo

स्थगित भयो ब्रोकर र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया

                     
Logo 2022-11-01 04:11     Desk

13

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया स्थगित गरेको छ ।

बोर्डले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ब्रोकर लाइसेन्स, वस्तु विनिमय बजार र ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अनिश्चित समयसम्मका लागि स्थगित भएको जानकारी दिएको हो।

‘सम्मानित सर्वोच्च अदालतबाट गत कात्तिक ४ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशअनुरुप गत असोज २ गते प्रकाशित सूचनाबमोजिमका आवेदन लिनेलगायतका थप काम कारबाही बोर्डबाट अर्को निर्णय नभएसम्मका लागि यथास्थितिमा राख्ने निर्णय भएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?