Logo

अग्रवालसभा द्वारा दानपेटीका हस्तान्तरण

                     
Logo 2022-11-01 03:11     Desk

13

विराटनगर, १५ कात्तिक । गोपाष्टमीको अबसरमा नेपाल अग्रवालसभा विराटनगरले जतूवा स्थित श्री कृष्ण गौ सेवा सदन लाई १८ थान रकम संकलन गर्ने बाकस (दानपेटीका) हस्तान्तरण गरेको छ ।

आज आयोजित एक कार्यक्रममा सभाका अध्यक्ष विशाल केडियाले श्रीकृष्ण गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवाललाई उक्त बाकसहरु हस्तान्तरण गरेका हुन् ।

गौशालामा रहेका गाई हरुको उचित व्यवस्थापनमा सहयोगका लागि बाकसहरु प्रदान गरिएको हो। उक्त बाकस हरुमा व्यक्तिहरूले नगद का अतिरिक्त डीजीटल साधनहरू फोनपे, ईसेवा, पेटियम आदि बाट समेत रकम प्रदान गर्न सक्ने जानकारी सभाका महासचिव अभिषेक तोदीले गराए । हस्तान्तरण कार्यक्रममा सभाका पूर्व अध्यक्ष ज्यूहरु, समाजका गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?