Logo

नेकपा एमालेको घोषणापत्रको मुलमन्त्र : बलियो राष्ट्रियता, सुदृढ लोकतन्त्र !

                     
Logo 2022-11-01 03:11     Desk

13

नेकपा एमालेले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले मंगलबार डिजिटल रुपमा अनावरण (सार्वजनिक) गरेको घोषणापत्रमा प्रश्न, अठोट, प्रतिवद्धता, अवसर, सपना, मन्त्र र वाचा समेटिएका छन् ।

एमालेको घोषणापत्रको मुलमन्त्र ‘वलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र ’ रहेको छ । जसमा चार संकल्प सुशासन, विकास सम्मृद्धि र समानता रहेका छन् । त्यस्तै एमालेले नागरिक प्रशासनलाई सक्षम बनाउने, सबै नागरिकलाई एक महिनाभित्र बंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकता समस्या समाधान गरिने उल्लेख छ ।

त्यस्तै एमालेले सम्मृद्धिको अभियानमा बाधक रहेका नीतिहरू सुधार गर्ने जनाएको छ । असक्षम संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाउने, नागरिक प्रशासनलाई सक्षम र जनताप्रति उत्तरदायी बनाउने घोषणा तथा परिचयपत्रको व्यवस्था पनि गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?