Logo

विराटनगर जेसीजको जेसीज सप्ताह सुरु

                     
Logo 2022-10-18 05:10     Desk

13

विराटनगर जेसीजले हरेक बर्ष संचालन गर्ने जेसीज सप्ताह सुरु भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले उदघाटन गरेको कार्यक्रमको पहिलो दिनको कार्यक्रम अन्तर्गत स्लो साइकल दौड प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मेयर कोइरालाले जेसीज समग्रमा युवाहरुलाई नेतृत्व र ब्यक्तित्व बिकास गराउने सस्था रहेको र आफुलाइ यो सस्थाका बारेमा जानकारी रहेको बिराटनगर महानगरपालिकाले जेसीजलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग रहने बताएका छन् । जेसीजले बढी भन्दा बढी युवालाइ नेतृत्व र ब्यक्तित्व बिकासमा अघि बढाउनु पर्ने कोइरालाले बताएका हुन् ।

विराटनगर जेसीजका कार्यकारीणि उपाध्यक्षले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने मुख्य कार्यक्रम सयोजक अविनास थापाले कार्यक्रम माथी प्रकाश पार्दै जेसीजले गर्ने गतिविधि सिक्ने किसिमको रहने र यो कार्यक्रम जेसीजले समाज सग जोड्ने काम गरेको बताउदै सातै दिन हुने कार्यक्रमका बारेमा जानकारी दिएका थिए।

विराटनगर जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानीले जेसीज समाजमा अब्बल युवा उत्पादन गर्ने कारखानाको रुपमा रहेकाले ५० बर्षको इतिहास बोकेको जेसीजले युवाहरुलाइ गोलबद्ध गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

विराटनगर जेसीजका अध्यक्ष जेसी देवचन्द्र घिमिरेले ५० बर्षको जेसीजको इतिहासमा धेरै काम अघि बढेको बिराटनगर को पहिलो रक्तदान गर्ने सस्था , मन्टेश्वरी संचालन गर्ने सस्था रहेको समाज सग जेसीजलाई जोड्ने काममा जेसीज सधै अग्रपंक्तिमा मा रह्ने गरेको बताउदै जेसीज सप्ताह मार्फत विभिन्न कार्यक्रम आयोजना गर्दै अघि बढेको बताए ।

कार्यक्रम सयोजक मनोज तिवारीले उपस्थित सबै लाई धन्यवाद ज्ञापन गर्दै अघि इटहरी धरान लगायत देखि सहभागीहरु आउनु भएको मा धन्यवाद ब्यक्त गरेका थिए ।

स्लो साइकल रेसमा इटहरी धरान दुहबी लगायतका क्षेत्र बाट पनि सहभागी रहेका थिए भने प्रथम स्थानमा धरान बाट आएका दिपसागर तामाङ , दितिय स्थानमा बिराटनगरका आशिष पोखरेल , तृतीय स्थानमा धरानका सुजन चौधरीले उपाधी जितेका थिए । प्रथम दितिय र तृतीयलाई क्रमशः ५००१, ३००१ , २००१ नगद पुरस्कार साथै मेडल प्रदान गरिएको थियो ।

कार्तिक १ गते बाट सुरु भएको कार्यक्रम कार्तिक ५ गते समाज मा विशिष्ट योगदान पुर्याएका ब्यक्तीलाई सम्मान तथा जेसीज रात्रीको आयोजना गर्दै सम्पन्न हुने बिराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?