Logo

चाडपर्वको अवसरमा मोरङ व्यापार संघद्वारा शुभकामना आदान–प्रदान

                     
Logo 2022-09-28 06:09     Desk

13

विराटनगर, १२ असोज । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालीहरुको महान चाड वडा दशैं, तिहार र छठले नेपालीहरुवीच आपसी सद्भाव कायम गरेको बताए ।

मोरङ व्यापार सङ्घ विराटनगरद्वारा वडा दशैं, तिहार र छठको उपलक्ष्यमा आज यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेपालीहरुको मौलिक रुपमा रहेको चाडको संरक्षण गर्नु गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख खापुङ्गले असत्यमाथि सत्यको जीतको रुपमा मनाइने दशैंले सम्पूर्ण नेपालीहरुमा खुशियाली, सुखद जीवनयापनमा सहयोग पुर्याउने धारणा राखे । सङ्घका अध्यक्ष नविन रिजालले नेपालीहरुवीच आपसी सद्भाव र मेलमिलापमा रुपमा चाडपर्वको ठूलो महत्व रहेको बताए ।

शुभकामना आदान कार्यक्रममा प्रदेशसभाका सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, निजामती कर्मचारीहरु, उद्योगी, व्यापारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?