Logo

विराटनगरमा डिस्को डाँडिया नाईट हुँदै, अन्तराष्ट्रिय डिजे आउने

                     
Logo 2022-09-28 04:09     Desk

13

विराटनगर, १२ असोज । विराटनगरमा बाबा डिस्को डाँडिया नाइट हुने भएको छ । महेश्वरी युवा मञ्च र महेश्वरी महिला मञ्चको आयोजनामा दशैँको अवसरमा डिस्को डाँडिया हुन लागेको हो ।

दशैँको नवरात्र पर्वको अवसर पारेर डिस्को डाँडिया आयोजना गरिएको हो । विराटनगरस्थित जैन भवनमा हुने सो कार्यक्रममा विषेश डिस्को डाँडिया नृत्य हुने आयोजक महेश्वरी युवा मञ्चका अध्यक्ष जतिन राठीले जानकारी दिए ।

उनका अनसार डिस्को डाँडियामा अन्तराष्ट्रिय डिजेबाट प्रस्तुती हुने छ ।

सन्ताष वाहेती, ललिता जाजु र हर्ष राठीको संयोजकत्वमा हुने ‘सो कार्यक्रममा उत्कृष्ट नृत्य, पहिरन लगायतका लागि पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । डिस्को डाँडियाको टाइटल प्रायोजकमा बाबा रिफाइन आयल, प्रमुख प्रायोजकमा काबरा ग्रुप, मारुती सिमेन्ट र जलपाइप एण्ड फिटिङ रहेको छ ।

सो कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट रोयल प्लानर्सले गरेको छ भने मिडिया पार्टनरमा हाम्रो विराटनगर रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?