Logo

मेस्सीको दुई गोलमा जमैकाविरुद्ध अर्जेटिनाको सहज जित

                     
Logo 2022-09-28 01:09     Desk

13

अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जमैकालाई ३–० गोलले पराजित गरेको छ । बुधबार बिहान अमेरिकामा भएको खेलमा अर्जेन्टिनाले जमैकाविरुद्ध सहज जित निकालेको हो ।

जमैकासँग जित निकाल्ने क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, जुलियन अल्भारेजले एक गोल गरे । खेलको १३ औँ मिनेटमा नै गोल गर्दै जुलियन अल्भारेजले अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाले खेलको अन्तिम समयतिर थप दुई गोल गर्दै जित निकालेको हो । खेलको ८६ औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाए ।

८९ औँ मिनेटमा अर्को गोल गर्दै कप्तान मेस्सीले अर्जेन्टिनालाई ३–० को जित दिलाए । यता, जमैकाले भने अर्जेन्टिनाविरुद्ध दबाबमा खेल्न पुग्यो । अर्जेन्टिनाले १७ पटक जमैकाको पोष्टमा प्रहार गरेको छ । यता, जमैकाले भने मात्र दुई पटक अर्जेन्टिनाको पोष्टमा प्रहार गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?