Logo

पोर्चुगलविरुद्ध स्पेनको विजयी

                     
Logo 2022-09-28 11:09     Desk

13

नेसन्स लिग फुटबलमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल राउण्डको सुपर चारमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा घरेलु टिम पोर्चुगल स्पेनसँग १–० गोलले स्तब्ध बनेको हो ।

स्पेनको जितमा अल्भारो मोरटाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो हाफमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

मोरटाले खेलको ८८ औँ मिनेटमा गोल गरे । नेसन्स लिग कै ए अन्तर्गत समूह ‘टु’ मा स्वीट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ गोलले हराएको छ । जितसँगै स्पेनले शीर्ष स्थानमा रहँदै नेसन्स लिगको फाइनलको सुपर चारमा पुगेको हो ।

स्पेनले ६ खेलमध्ये तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाउन सफल भयो । पराजित पोर्चुगलको तीन खेलमा जित र दुई खेलमा हार र एक खेलमा बराबरीसहित १० अंक छ । तेस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको नौं अंक छ ।


लोकप्रिय छुटाउनुभयो कि ?