Logo

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता सभा हुँदै

                     
Logo 2022-09-28 11:09     Desk

13

राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज पार्टी एकता घोषणा सभा हुने भएको छ।

विवेकशील साझा पार्टी छाडेका मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरू बुधबार राप्रपामा प्रवेश गर्न लागेका छन्।

आज मध्यान्ह १२:३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राप्रपा-मिश्र पक्षबीच एकता घोषणा सभा हुनेछ।

राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार मिश्रसहित विवेकशील साझा पार्टीका केही केन्द्रीय सदस्यहरू पनि राप्रपामा आउनेछन्।

‘सातमध्ये ५ प्रदेशका अध्यक्षहरू पनि विवेकशील साझा छाडेर राप्रपामा आउने कार्यक्रम छ। को-को आउने भन्ने एकता घोषणा सभाबाटै जानकारी दिइनेछ,’ राप्रपाका ती पदाधिकारीले भने।


लोकप्रिय छुटाउनुभयो कि ?