Logo

सुनवर्षीको डायनीयाँमा सामुदायीक भवन निर्माणका लागि ज्ञान महायज्ञ

                     
Logo 2022-09-26 08:09     Desk

13

विराटनगर, १० असोज । मोरङको सुनवर्षी नगरपालिका–९ डायनीयाँमा सामुदायी भवन र मन्दिर निर्माणका लागि महायज्ञ आयोजना गरिएको छ ।

वडा कार्यालय नजिकै रहेको नव दुर्गा काली मन्दिरको आयोजनामा सोमबारदेखि श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको हो ।

ज्ञान महायज्ञको उद्घाटन सुनवर्षी नगरपालिकाकी उपमेयर मिरादेवी दासले गरिन् ।

सो अवसरमा बोल्दै उपमेयर दासले धर्म संस्कृतीको जगेर्ना गर्नुपर्नेमा जोड दिइन् । उनले नगरपालिकाले धर्म संस्कृती संरक्षणका लागि विभिन्न योजनाहरु अघि सारेको बताइन् ।

सो अबसरमा सुनवर्षी नगरपालिका–९ का वडाध्यक्ष ध्रुव कुमार सिंह गन्गाईले श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञमा वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले महायज्ञमा आम नगरवासीहरु सहभागी भई धार्मिक लाभ लिन आग्रह गरे ।

वडाध्यक्ष सिंहले घटस्थापनादेखि सुरु भएको ज्ञान महायज्ञ आगामी असोज १९ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनले महायज्ञबाट प्राप्त हुने भेटीबाट मन्दिरको धर्मशाला (सामुदायीक भवन) निर्माण गरिनुका साथै मर्मत सम्हारसमेत गरिने बताए ।

विजया दशमीको दिनसम्म सञ्चालन हुने ज्ञान महायज्ञमा दैनिक पुजा/पाठ, भजन/किर्तनसमेत हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल साहले जानकारी दिए ।

सो उद्घाट कार्यक्रम सञ्चालन सोही वडाका वडा सदस्य जगदीस सहनीले गरेका थिए । महायज्ञ सुरु हुनु अघि मन्दिरबाट कलश यात्रा समेत निकालिएको थियो । कलश यात्रामा सयौँ भक्तजनहरुको सहभागीता रहेको थियो । कलश यात्रा बक्राहा खोलासम्म पुगेर जल उठाई पुनः मन्दिरमा पुगेर चढाएपछि घटस्थाना गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?