Logo

गठबन्धनले कांग्रेसमा भाँडभैलो, मोरङ–४ माओवादीलाई छाड्न नसकिने चेतावनी

                     
Logo 2022-09-26 07:09     Desk

13

विराटनगर, १० असोज । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसले छाड्न नहुने भन्दै नेतृत्वलाई दबाब दिइएको छ । गठबन्धनका नाममा यो क्षेत्र माओवादीलाई दिन लागिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले क्षेत्र नछाड्न नेतृत्वलाई चेतावनी दिएका हुन् ।

उनीहरुले भेला आयोजना गरी नेतृत्वलाई खबरदारी गरेका छन् । कांग्रेसको वडागत पार्टी सभापति, कटहरी र ग्रामथान गाउँपालिकाका अध्यक्षहरुसमेतले कांग्रेसको जनसमर्थन राम्रो रहेको भन्दै क्षेत्र नछाड्न आग्रह गरेका छन् ।

आज भएको छलफलमा केन्द्रीय नेतृत्वमा यहाँको सन्देश पुर्याइदिन तलबाट आग्रह भएको कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले बताए । उनले भने,“छलफलमा डाकेर यो क्षेत्र छाड्न नहुने भन्ने सन्देश तलबाट आएको छ । माओवादीलाई यो क्षेत्र दिए कांग्रेसभित्रको असन्तुष्टि झन् चुलिने देखिएको छ ।”

छलफलमा पूर्वराज्य मन्त्री दिलिप गच्छदार, केन्द्रीय सदस्य पराजुली, मोरङ क्षेत्र नम्बर ४ ‘ख’ का नेता विनायक पंतलगायत सहभागी थिए । छलफलमा महासमिति सदस्य, वडाका सभापतिहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश पदाधिकारीलगायतले आफ्नो विचार रोखका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुलीले भने,“आसन्न संघीय र प्रदेश निर्वाचनमा नेपाली कांग्रेसले सबै गुमाएर गठबन्धन गर्न हँुदैन भन्ने कार्यकर्ताका समेत मत रहेको देखिन्छ ।” यसअघि यो क्षेत्रमा नेकपा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?