Logo

विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा पाण्डेले जिते दशलाख

                     
Logo 2022-09-26 07:09     Desk

13

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर–६ का मुरारी पाण्डेले दश लाख रुपैयाँ नगद जितेका छन् ।

टिभिएसको २ लाख ६० हजारको राइडर बाइक खरिद गर्दा पाण्डेले दशलाख नगद जितेका हुन । एक कार्यक्रमको आयोजना गरि पाण्डेलाइ नगद वितरण गरिने आयोजकले जनाएको छ ।

टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा सुरु भएको मेलामा विभिन्न योजनाहरू लागु गरिएको छ । जसमा १० लाख नगद सम्म जित्न सकिने छ । असोज ४ गतेबाट सुरु भएको मेलामा अहिलेसम्म ३ हजार भन्दा बढी ग्राहकले अवलोकन गरिसकेका छन् ।

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर समेत साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने म्यानेजर सन्तोष साहले जानकारी दिए ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने भएको छ । ग्राण्ड एक्स्न्जमा गोलाप्रथामा हरेक दिन एक जनाले एउटा मोवाईल उपहार पाउने साहले जानकारी दिए ।

असोज ४ गते मंगलबाराबाट सुरु भएको मेला असोज १० सम्म संचालन गरिने भनिए पनी गा्रहकहरको भिडका कारण मेला थपहुन सक्ने अनुमान गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?