Logo

सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन सकिँदैन:यातायातमन्त्री

                     
Logo 2022-09-26 06:09     Desk

13

काठमाडौं, १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसकिने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा मन्त्री राईले केपी ओली सरकारले कुनै अध्ययनबिना रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाए ।

अहिले जनकपुरमा सञ्चालनमा रहेको रेल घाटामा रहेको उल्लेख गर्दै राईले पूर्व–पश्चिम रेल सञ्चालन गर्दा राज्यलाई फाइदा हुने गरी काम गर्नुपर्ने बताए ।

पूर्व–पश्चिम रेल औचित्य र आवश्यकताको आधारमा बनाउन १२ खर्ब रुपैयाँ लागत लाग्ने राईको दाबी छ । जग्गाको मुआब्जालगायत प्रत्येक वर्ष हुने मूल्य समायोजको आधारमा रेल सञ्चालन गर्दासम्म २४ खर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए ।

देशको बजेट ४ खर्ब रहेको र बजेट कार्यान्वयन ३ खर्ब रहेकाले सरकारले आफ्नो लगानीमा रेल बनाउन नसक्ने उनको भनाइ थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?