Logo

देशभर थप ५३ जनामा कोरोना संक्रमण

                     
Logo 2022-09-26 04:09     Desk

13

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेको छ।

सोमबार ८४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ८२५ पीसीआर तथा १ हजार ७९९ एन्टिजेन परीक्षण भएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?