Logo

काठमाडौं २ मा विवेकशील साझाबाट धनेज थापा उम्मेदवार बन्ने

                     
Logo 2022-09-25 12:09     Desk

13

विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा थापा प्रत्यक्षतर्फको उम्मेदवार हुने भएका हुन् । शनिबार काठमाडौं क्षेत्र नं २ मा आयोजित एक कार्यक्रमका बीच पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

धनेज थापा पीएचडी स्कलर हुन् । लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छवि बनाएका छन् । पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान गरेका छन् ।

विभिन्न संघ संस्थामा आबद्ध थापाले समाजसेवा तथा परोपकारका क्षेत्रमा उल्लेख्य काम गरेका छन् । आज काठमाडौं क्षेत्र नं २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरू, व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरूको उपस्थितिमा उनको उम्मेदवारी अनुमोदन गरिएको प्रवक्ता परियारले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?