Logo

अग्रवाल संस्थाहरुबाट कक्षा १२ माँ सर्वोत्कृष्ट अंक ल्याएकी दिया अग्रवालको संयुक्त रूपमा सम्मान

                     
Logo 2022-09-23 08:09     Hamro Biratnagar

13

विराटनगर असोज ०७ ।

कक्षा १२ माँ सर्वोत्कृष्ट अंक ल्याएकी सुश्री दिया अग्रवालको नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल महिला मञ्च,नेपाल अग्रवाल युवा मञ्च, नेपाल अग्रवाल कन्या मञ्चले संयुक्त रूपमा सम्मान गरेको छ ।

अग्रवाल सभाको कार्यालय, मारवाडी सेवा सदनमा नेपाल सरकार द्वारा लिएको कक्षा १२ को परीक्षामा नेपाल भरि बाट सर्वोत्कृष्ट अंक ल्याई प्रथम भएकी सुश्री दिया अग्रवाललाई नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल महिला मञ्च,नेपाल अग्रवाल युवा मञ्च, नेपाल अग्रवाल कन्या मञ्च को तर्फ बाट संयुक्त रूपमा सम्मान गरिएको छ ।

उक्त कार्यक्रम मा नेपाल अग्रवाल युवा मञ्च का अध्यक्ष हेमन्त अग्रवाल , नेपाल अग्रवाल सभा का अध्यक्ष विशाल केडिया, नेपाल अग्रवाल महिला मञ्च की अध्यक्ष श्रीमती अनिता अग्रवाल का साथै सभा का सल्लाहकार कार्यसमिति सदस्य तथा समाजका विभिन्न वरिष्ठ व्यतित्व हरुको उपस्थिति थियो । कार्यक्रम मा सुश्री दिया अग्रवाल लाई विभिन्न सर्टिफिकेट, सम्मान पदक र फूलमाला का साथ सम्मान गरिएको जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?