Logo

विराटनगरमा जारी मिल्स भेट्रान्स गोल्डकपः मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनल

                     
Logo 2022-09-22 09:09     Desk

13

विराटनगर । विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगितामा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा युनाईटेड भेट्रान्स क्लब विराटनगरलाई ६– २ गोलले हराउँदै हाटखोला सेमिफाइनलमा पुगेको हो ।

जितको लागि हाटखोलाका सुरज श्रेष्ठले ह्याट्रिक पुरा गरी पाँच गोल गरे । सुरेन तामाङ्गले एक गोल गरे । युनाइटेडका हर्क गुरूङले एक गोल फर्काएका थिए भने एक गोल आत्माघाती भयो ।

खेल सुरू भएको तीन मिनेटमा हाटखोलाका सुरज श्रेष्ठले गोल गरी सुरूवाती अग्रता दिलाए । उनले पहिलो गोल गरेको ६ मिनेट पनि बित्न नपाउँदै ९ औं मिनेटमा गोल गरी दोब्बर बनाए । सुरन तामाङ्गले २२ औं मिनेटमा गोल गरी तेब्बर बनाए ।

पुरा समय युनाइटेड माथि हाबी भएको हाटखोलाले हाफपछि तीन गोल ग¥यो । ४० औं मिनेटमा सुरजले ह्याट्रिक पुरा गरी ४–० ले अग्रता कायम गरे । हाफपछि हाटखोलाका सुनिल राउतले ५४ औं मिनेटमा आत्मगाछी गोल गर्दा युनाइटेडले खाता खुल्ने अवसर पायो ।

सुरजले ५८ औैं मिनेटमा गोल गरी हाटखोलालाई ५–१ ले अग्रता बनाए । युनाइटेकका हर्क गुरूङले ६० औं मिनेटमा गोल गरी ५–२ बनाए । खेलको ७३ औं मिनेटमा सुरजले थप गोल गर्दै हाटखोलालाई ६–२ गोलले जित दिलाउन सफल भए । खेल अवधिभरी पाँच गोल गर्दै हाटखोलाका सुरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल भरौल भेट्रान्स क्लब सुनसरी र दमक –लखनपुर भेट्रान्स क्लब दमक बिच खेल हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?