Logo

चुनावकाे मुखमा युराेपेली प्रतिनिधिमण्डल काठमाडौंमा

                     
Logo 2022-09-22 06:09     Desk

13

काठमाडौं चुनावको मुखमा रहँदा युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । नेपालको संविधान र संघीयताको विषयमा निकै चासो राख्दै आएको युरोपेली टोली चुनावको मुखमा नेपाल भ्रमणमा आउनु चासोको विषय बनेको छ । त्यसो त, पछिल्ला दिनमा अमेरिका र युरोपेली सांसदको टोली निरन्तर काठमाडौं आइरहेका छन् ।  एक साताअघिमात्रै चिनियाँ जनकंग्रेसका सभामुखसहितका केही सांसदको टोली काठमाडौं आएको थियो ।

युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वमा काठमाडौं ओर्लिएको चार सदस्यीय प्रतिनिधिमण्डलले नयाँको संविधान कार्यान्वयवनका विषयमा जानकारी लिनेछ । त्यसका लागि विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तयारी गरेको छ । नेपालस्थिति युरोपियन युनियनको दूतावासले उनीहरूको टोली काठमाडौं आइपुगेको जानकारी दिएको हो । 


लोकप्रिय छुटाउनुभयो कि ?