Logo

रंगेलीमा ब्राउन सुगर सहित दुई जना पक्राउ

                     
Logo 2022-09-22 04:09     Desk

13

विराटनगर, ६ असोज । मोरङको रंगेलीमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालीका–४ का २५ वर्षीय अमित कुमार दास र सोही ठाउँका ३५ वर्षीय निलेशकुमार दास रहेका छन् ।

उनीहरुलाई प्रहरीले रंगेली नगरपालीका–७ निचामारीस्थित बक्राह पुल नजिकैबाट ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । दक्षिणबाट उत्तर तर्फ जादै गरेको को ३१ प ४४१४ नंम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार उनीहरुको साथबाट ३६ ग्राम ७५० मिमिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?