
विवेकशील साझाले पार्टी प्रवक्तामा संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ । पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन् ।



परियार, विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन् । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन् ।
सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत क्रियाशील रहेका परियारले एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका थिए । आमसञ्चारमा स्नातकोत्तर गरेका उनले अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियाबाट नेतृत्व विकासको तालिम लिएका छन् ।