
राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच अदालतमा बिहीबार एकभन्दा बढी रिट परेको हो ।



‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेका भन्दै कानुन व्यवसायीहरू सर्वोच्च पुगेका हुन् । ‘अहिलेसम्म २–४ वटा रिट परेका छन् हामी हेर्दैछौँ,’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने ।
संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको भन्दै अदालतमा रिट परेको हो । रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ ।