Logo

गठबन्धनले राष्ट्र हितको नेतृत्व गर्न सक्दैनः शंकर पोखरेल

                     
Logo 2022-09-22 03:09     Desk

13

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

बिहीबार एमाले मुख्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताएका हुन् । उनले गठबन्धनले नागरिकताको विषयलाई षड्यन्त्रका रुपमा एमालेविरुद्ध हतियारका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाए ।

महासचिव पोखरेलले नागरिकताका विषयमा एमालेको स्पष्ट धारणा रहेको दाबी गरे । उनले  राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताए ।

उनले अहिले नागरिकतामा वैवाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूको विषयमा अरु देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गरे ।

उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरूले नै अवरोध गरेको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?