Logo

विराटनगरमा जारी ’कर्पोरेट फुटसल’: आज फाइनल खेल हुँदै, न्यू सेफ जिम र पूर्वाञ्चल प्योकेजिङबिच प्रतिष्पर्धा

                     
Logo 2022-09-22 12:09     Desk

13

विराटनगर, ६ असोज । विराटनगरमा जारी ‘कर्र्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता आज फाइनल खेल हुँदै छ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामासुरु भएको प्रतियोगिता अन्तर्गत आ फाइनल हुने भएको हो ।

आजको फाइनलमा न्यु सेफ जिम र पूर्वाञ्चल प्याकेजिङबिच प्रतिष्पर्धा हुने छ । गत ३ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ वटा कर्पोरेट संस्थाको सहभागिता जनाएका थिए ।

न्यु सेफ जिम, कुस गार्डेन, आकृति फर्मा ‘ए’, विराट मेडिकल कलेज, एनवाइइएफ सुनसरी, एबि होटल, प्रकृति हर्वास्युटिकल्स, द जिम आइरन प्याराडाइज, जे एम क, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, पूर्वाञ्चल प्याकेजिङ, टंकीसिनवारी जेसिज र नबिल बैंकले भाग लिएको नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष राघव कोइरालाले जानकारी दिए ।

प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका को स्पोन्सर नेपाल मिडिया रिपब्लिक नागरिक र इन्स्योरेन्स पार्टनगर हिमालय एभरेष्ट इन्सुरेन्स रहेका छन् । प्रतियोगिताका को स्पोन्सर नेपाल मिडिया रिपब्लिक नागरिक र इन्स्योरेन्स पार्टनगर हिमालय एभरेष्ट इन्सुरेन्स रहेका छन् । मार्वल पाइप फिटिङ, इस्टर्न मोटर, बाग्मती प्लाष्टिक र एसिसि इट्टाको सहयोग रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?