Logo

बढ्यो सुनको मूल्य

                     
Logo 2022-09-22 03:09     Desk

13

प्रतीकात्मक तस्वीर

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा पाँच सय रुपैयाँ नै घटेका थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?