Logo

‘यौनिक तथा लैङ्गिक अल्पसङख्यक समुदायलाई सहज रुपमा नागरिकता उपलव्ध गराउनु पर्छ’

                     
Logo 2022-09-21 10:09     Desk

13

विराटनगर, ५ असोज । यौनिक तथा लैङ्गिक अल्पसङ््ख्यक समुदायलाई संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुँदा नेपाली नागरिकता पाउनवाट बन्चित गरिएको गुनासो व्यक्त्त गरेका छन् ।

परिवर्तनशिल समाज मोरङद्वारा आज यहाँ आयोजित सरोकारवाला निकायहरुसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरु विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राजनितिक दलहरुहरुले समुदायका सदस्यहरुलाई भोट वैंकको रुपमा मात्र प्रयोग गरेको र नीति निर्माण तहमा नपु¥याएको गुनासो व्यक्त्त गरेका छन् ।

उनीहरुले आगामी मङ्सीर ४ गते हुने प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा समुदायका सदस्यहरुलाई उम्मेदवार बनाउनु पर्नेमा जोड दिएका छन् ।

राज्य, समाज तथा परिवारहरुबाट आफुहरु अपहेलित हुने गरेकाले आफनो समुदायको अधिकारका लागी कलम चलाउन संचारकर्मीहरुलाई उनीहरुले आग्रह गरेका छन्।

निलहीरा समाजका सुदीप गौतमले यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई समाज तथा परिवारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सचारकर्मीको भुमिका महत्वपुर्ण रहने वताउनुभयो । उहाँले कोभिड महामारीको दुईवर्षको अवधिमा समुदायका ३० जनाले आत्महत्या गरेको जानकारी दिनु भयो ।

परिवर्तनशिल समाज मोरङ संयोजक मुस्कान श्रेष्ठले ‘अन्य’मा नागरिकता प्राप्त गर्न धेरै समस्या भएकोले सहज पुहँचको व्यवस्था गर्न राजनीतिक दल तथा सञ्चारकर्मीहरुले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

समाजका नितु थापा मगरले राजनीतिक दलहरुले आफनो विधान तथा घोषणपत्रमा यौनिकतथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्थान दिनु पर्ने आग्रह गर्नु भयो । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यको जनसङ्ख्या नौ लाख रहेको छ भने मोरङमा १४ हजार रहेको समाजले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?