
निर्वाचन आयोगले धमाधम मतदाता नामावली छापिरहेको छ । १० असोजभित्र सबै निर्वाचन क्षेत्रमा नामावली पुर्याउने गरी छपाइ भइरहेको आयोगले जनाएको छ ।



छापिएको मतदाता नामावली मतदान अधिकृतसँगै पठाउने आयोगको तयारी छ । आयोगले भोलिसम्म मतदान अधिकृत तोक्ने जनाएको छ । ‘आज या भोलिसम्म सबै मतदान अधिकृत तोक्छौँ । अधिकृतलाई तालिम दिएर पठाउछौँ,’ आयोगका एक अधिकारीले भने ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि समानुपातिक उम्मेदवारको बनदसूची दलहरूले आयोगमा बुझाइसकेका छन् । हाल आयोगले ती नामहरूमाथि छानबिन गरिरहेको छ ।