Logo

उपचारका लागि काठमाडौं आउन तयार भए डा.केसी

                     
Logo 2022-09-21 04:09     Desk

13

धनगढी, ५ असोज । सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा। गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ ।

अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आउनुभएको थियो ।

सिनियर डाक्टरहरूले उहाँलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘साधन केमा लैजाने भन्ने टुङ्गो नलागे पनि उनलाई आज लैजान्छौं ।’ उपचारमा सम्लग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताउनुभयो । यस्तै आमशयमा पनि रक्तश्राव भएको चिकित्सकहरूले बताउनुभएको छ ।

समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दे उहाँ २०औं पटक अनसनमा बस्नुभएको हो । उहाँले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड दिनुभएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?