Logo

डेंगीबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

                     
Logo 2022-09-21 02:09     Desk

13

बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगीका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगीका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा ४ सय २९ र धादिङमा तीन सय ९९ जना डेंगीको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?