Logo

विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेच्नेलाई कारबाही

                     
Logo 2022-09-21 01:09     Desk

13

विराटनगर, ५ भदौ । चाड पर्व नजिकिएसँगै विराटनगर महानगरपालिकाले अगुगमनलाई तीब्र पारेको छ । उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको हो ।

अनुगमनका क्रममा उपभोक्ताहरुलाई पसलेहरुले ठगि गरेको पाइएको छ । बजार अनुगमनको क्रममा खसी भनेर बाख्राको मासु झुक्याएर उपभोक्तालाई बिक्री गर्ने पसलहरुलाई महानगरपालिकाले कारबाही गरेको छ । सडेगलेका कुखुराहरु समेत नस्ट गरिएको छ ।

अनुगमनको क्रममा तौल कम भएको ढक प्रयोग गरि उपभोक्तालाई ठगि गर्ने पसल हरुलाई महानगरपलिकाले कार्बाही गरेको छ । महानगरपालिकाले उपभोक्तामाथि ठगि भए महानगरपालिकाको टोलफ्री नम्बर १६६०२१४२२२२ मा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?