Logo

विराटनगरमा जारी ’कर्पोरेट फुटसल’ मा आज सेमिफाइनल

                     
Logo 2022-09-21 12:09     Desk

13

विराटनगर, ५ असोज । विराटनगरमा जारी ‘कर्र्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता आज सेमि फाइनल खेल हुने भएको छ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा प्रतियोगिता सुरु भएको प्रतियोगिता अन्तर्गत आ सेमिफाइनल हुने भएको हो ।

आजको सेमिफाइनलमा जे एम के ‘ए’, न्यु सेफ जिम, पूर्वाञ्चल प्याकेजिङ, र आकृति फर्मा ‘ए’ प्रतिष्पर्धा हुने छ । गत ३ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ वटा कर्पोरेट संस्थाको सहभागिता जनाएका छन् ।

न्यु सेफ जिम, कुस गार्डेन, आकृति फर्मा ‘ए’, विराट मेडिकल कलेज, एनवाइइएफ सुनसरी, एबि होटल, प्रकृति हर्वास्युटिकल्स, द जिम आइरन प्याराडाइज, जे एम क, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, पूर्वाञ्चल प्याकेजिङ, टंकीसिनवारी जेसिज र नबिल बैंकले भाग लिएको नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष राघव कोइरालाले जानकारी दिए ।

असोज ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?