Logo

प्रतितोला पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य

                     
Logo 2022-09-21 12:09     Desk

13

प्रतीकात्मक तस्वीर

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?