Logo

रहेनन् भारतीय हास्य कलाकार श्रीवास्तव

                     
Logo 2022-09-21 11:09     Desk

13

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी 'बिग बोस'को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले 'मैने प्यार किया', 'बाजिगर', 'आम्दानी अठन्नी खर्च रुपैयाँ' र 'बम्बई टू गोवा'को रिमेकमा समेत अभिनय गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?