Logo

इटहरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रुको मृत्यु

                     
Logo 2022-09-21 10:09     Desk

13

विराटनगर, ५ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिका -९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी- ५का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?