
हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ ।



बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।
राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।