
पूर्वी चितवनको रत्ननगरमा डेंगी रोगबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय युवक रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।



अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेंगी सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।
जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगीको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेंगी देखिएको हो ।
जिल्लामा भेटिएका डेंगीका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।