Logo

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी

                     
Logo 2022-09-20 01:09     Desk

13

अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच प्रधानमन्त्री कार्यालयमा वार्ता जारी छ । चिकित्सा सुधारको माग राख्दै अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि सहमति जुट्न सकेको छैन ।

दुवै वार्ता टोलीका अनुसार डा. केसीले उठाएका मागमा बुँदाबुँदामा छलफल भइरहेको छ । वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरे र डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको टोलीले सहमतिको प्रयास गरिरहेका छन् ।

डा. केसी सेती प्रादेशिक अस्पतालमा अनशनमा छन् । आज अनशन बसेको ९ दिन पुगेको छ । उनको यो २०औँ अनशन हो ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?