
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एकपटक विकास र समृद्धिको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् ।



सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको सामुदायिक अस्पताल तथा प्रावाधिक शिक्षालय उद्धाटन गर्दै प्रचण्डले आफूलाई देशको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर दिन आग्रह गरे ।
नेपालको इतिहासमा एउटै व्यक्तिलाई क्रान्ति, शान्ति र संविधानको नेतृत्व गर्ने र कार्यान्वयन गर्ने, पहिचानको अधिकार स्थापित गर्ने, समावेशी समानुपातिक बनाउने सौभाग्य कमै प्राप्त हुने उनले बताए ।
'तपाईंहरूले क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो । अर्कोतिर शान्ति सम्झौता गरेर शान्तिमा रूपान्तरण गर्ने जिम्मेवारी दिनुभयो । अनि शान्ति सम्झौतापछि संविधान निर्माण गर्ने नेतृत्व पनि मलाई दिनुभयो,’ प्रचण्डले भने, ‘संविधान बनेपछि त्यसलाई कार्यान्वयन गर्ने, सिंहदरबारलाई गाउँ गाउँमा ल्याउने र भौतिक पूर्वाधार लगियो सबै किसिमको विकासलाई देशको नेतृत्व गर्ने अवसर दिनुभयो । यसमा म आफैँलाई निकै गौरवशाली ठान्दछु,' प्रचन्डले भने ।